पुम्दीभुम्दीमा एमाले उम्मेदवारहरुलाई भव्य स्वागत: राजिवको कार्यकालको प्रशंसा

पाेखरा | कात्तिक १६, २०७९

पुम्दीभुम्दीमा एमाले उम्मेदवारहरुलाई भव्य स्वागत: राजिवको कार्यकालको प्रशंसा

 

पोखरा । कास्की क्षेत्र नम्बर ३ अन्तर्गतको वडा नम्बर २२, पुम्दीभुम्दीमा नेकपा एमाले उम्मेदवारहरुलाई स्वागत गरिएको छ । वडाका विभिन्न कमिटिहरुले एमाले उम्मेदवारहरुलाई टोल टोलमा भव्य स्वागत गरेका हुन् । विभिन्न टोलमा पुगेका एमाले उम्मेदवारहरुलाई त्यहाँका जेष्ठ नागरिकहरुले विजयीको आर्शिवाद प्रदान गरे । 


कास्की क्षेत्र नम्बर ३‘ख’ प्रदेस सभा उम्मेदवार राजिव पहारी तथा प्रतिनिधीसभा उम्मेदवार दामोदर बैरागी त्यहाँ पुग्दा पुम्दीभुम्दीका जनताहरुको उत्साहजनक सहभागिता रहेको थियो । 


उम्मेदवारहरुको आगमनले आफुहरुमा उत्साह थपिएको त्यहाँका जनताहरुले बताए । एमालेनै विकास र परिवर्तनको संवाहक भएकाले यसपटक एमालेलाईनै विजयी गराउने उनीहरुले जनाए ।


निवर्तमान सांसद समेत रहेका उम्मेदवार राजिव पहारीले आफ्नों क्षेत्रमा विकास निर्माणका कार्यहरुको थालनी गरेपनि पहिला कोभिड समस्य र पछि सरकार ढलेका कारण ति कार्यहरु पुरा गर्न नपाएकोबारे आफुहरुले राम्ररी बुझेको सुनाएका थिए । ति योजनाहरुलाई मूर्तरुप दिन पनि फेरी एमालेलाईनै जिताउनेमा आफुहरु प्रतिवद्ध रहेको जनताहरुको भनाई थियो । उम्मेदवार पहारी सहित अन्य उम्मेदवारनै आफुहरुको आशा र भरोसाको केन्द्र भएको सुनाउँदै आफ्नों वडामा एमाले उम्मेदवाहरुलाई मतदान गर्ने उनीहरुले बताए ।


 जनताको स्वागत र न्यानो मायाले आफुहरुमा उत्साह मिलेको उम्मेदवार पहारीले बताए । ‘यहाँहरुको आतिथ्यताले हामीलाई थप उर्जा मिलेको छ, म जनसेवक हुँ, फेरी जितेर तपाईहरुको सेवा गर्न आउने छु’–उम्मेदवार पहारीले भने । 
 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्